रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन अभियान शुभारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न। तावाखोला पूल(दिक्तेल – खोटाङबजार सडक अन्तर्गत) निर्माणको लागि बोलपत्र आह्वानको सूचना !!! खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – चौथो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – तेश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – दोश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक ३२ नपा/गाविसका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली प्रकाशन गरिएको सूचना ! खोटाङ जिल्लामा कायम भएका स्थानीय तहहरू खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माण (रेग्मिटार बाट)को लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/११/११) खोटाङ जिल्लाको जिल्ला दररेट – आ.व. २०७३/७४ केहि गुनासो, सुझाव, सल्लाह भए आफ्नो मोबाइल को message box मा गएर ddc space आफ्नो message लेखि 37001 मा पठाउनुहोस् । तपाईंको उचित गुनासो, सुझाव, सल्लाहलाई जिल्ला विकास समिति, खोटाङले सम्बोधन गर्नेछ ।

खोटाङ जिल्लाको २३औं जिल्ला परिषद् सम्पन्न

खोटाङ जिल्लाको २३ औं जिल्ला परिषद २०७२ फागुन २७ मा सम्पन्न  भएको छ । माननीय संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री श्री विराज बहादुर विष्टज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोह विच स्थानीय विकास अधिकारी श्री निश्चलराज पाण्डेले आर्थिक वर्ष २०७३/०७४ का लागि रु. २,४९,२८,२२,०००/- (दुई अर्ब उनन्चास करोड अठ्ठाईस लाख बाईस हजार)  को प्रस्तावित बजेट सार्वजनिक गर्नु भएको थियो ।प्रस्तुत प्रस्तावित बजेट चालू आर्थिक वर्षको कूल बजेट रू. २,२३,८८,२८,०००/- (दुई अर्ब तेइस करोड अठासी लाख अठ्ठाईस हजार) को तुलनामा १०.१९% ले बृद्धि भएको छ ।

 

आर्थिक वर्ष २०७३/०७४ को नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोहको उद्घाटन प्रमुख अतिथि माननीय संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री श्री विराज बहादुर विष्टज्यूले पानसमा वत्ति वालेर गर्नुभएको थियो । समारोहमा व्यवस्थापिका संसदका माननीय सांसदज्यूहरु, पुर्व राज्यमन्त्री, पुर्व सभासद तथा सांसद, पुर्व सभापति, राजनैतिक दलका प्रमुख एंव प्रतिनिधि, सरकारी, गैर सरकारी र निजी क्षेत्रका प्रमुख एंव प्रतिनिधि, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

जिल्ला परिषद् अध्यक्ष एवं स्थानीय विकास अधिकारी श्री निश्चलराज पाण्डेको मन्तव्य हेर्न यहाँ क्लिक गर्नुहोस्। 

समारोहका केहि झलकहरू

1 2 3 4 4-0 4-1 5 6 7 8 9 10 10-1 11 12

Skip to toolbar