जिल्ला समन्वय समिति,खोटाङका पदाधिकारीज्यूहरूको सम्पर्क विवरण जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित प्रमुख,उपप्रमुख तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम तथा जिल्ला समन्वय समितिको प्रथम बैठक सम्पन्न। खोटाङ जिल्लाका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित प्रबलिकरण (Retrofitting) मा परेका लाभग्राहीहरूको नामावली। खोटाङ जिल्लाको प्रथम जिल्ला सभाको बैठक सम्पन्न। योजना सम्पन्न पश्चात उपभोक्ता समितिलाई धन्यबाद ज्ञापन तथा योजना हस्तान्तरण कार्यको थालनी। निजी आवास पुनर्निर्माणको लागि प्रथम किस्ता अनुदान वितरण कार्यक्रमको सुरुवात। रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन अभियान शुभारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न। तावाखोला पूल(दिक्तेल – खोटाङबजार सडक अन्तर्गत) निर्माणको लागि बोलपत्र आह्वानको सूचना !!! खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – चौथो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – तेश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक विभिन्न गाविसहरूका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली – दोश्रो सूची। खोटाङ जिल्ला भित्रका साविक ३२ नपा/गाविसका भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली प्रकाशन गरिएको सूचना ! खोटाङ जिल्लामा कायम भएका स्थानीय तहहरू खानिडांडा-रेग्मिटार सडक खण्ड निर्माण (रेग्मिटार बाट)को लागि बोलपत्र आह्वानको सूचना!!! (प्रथम पटक प्रकाशित मिति २०७३/११/११) खोटाङ जिल्लाको जिल्ला दररेट – आ.व. २०७३/७४ केहि गुनासो, सुझाव, सल्लाह भए आफ्नो मोबाइल को message box मा गएर ddc space आफ्नो message लेखि 37001 मा पठाउनुहोस् । तपाईंको उचित गुनासो, सुझाव, सल्लाहलाई जिल्ला विकास समिति, खोटाङले सम्बोधन गर्नेछ ।

खोटाङ जिल्लाको प्रथम जिल्ला सभाको बैठक सम्पन्न।

खोटाङ जिल्लाको प्रथम जिल्ला सभाको बैठक मिति २०७४ साल श्रावण १२ गते सम्पन्न भएको छ। बैठक अघि खोटाङ जिल्लाका दश वटै स्थानीय तहका निर्वाचित पदाधिकारीहरुलाई अविर,माला र खादा प्रदान गरी जिससको कार्यालय प्राङ्गणमा स्वागत गरिएको थियो।तत् पश्चात पञ्चेबाजा तथा विभिन्न झांकी सहित निर्वाचित पदाधिकारीहरुलाई दिक्तेल बजार परिक्रमा गराईएको थियो।बजार परिक्रमा पश्चात जिससको समिक्षालय हलमा भव्यताका साथ उद्घाटन समारोह सत्र सम्पन्न भयो।उक्त उद्घाटन सत्रको अध्यक्षता स्थाविअ श्री राजनकुमार बि.सी.ज्यूले गर्नुभएको थियो भने व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री विशाल भट्टराईज्यूको प्रमुख आतिथ्यता,  व्यवस्थापिका संसदका सदस्य माननीय सांसद श्री पांच कर्ण राईज्यूको विशेष आतिथ्यता तथा माननीय जिल्ला न्यायाधिश श्री शान्तिप्रसाद आचार्यज्यूको विशेष आतिथ्यता रहेको थियो।उक्त उद्घाटन समारोहको समापन पश्चात जिससको बैठक कक्षमा जिल्ला सभाका जेष्ठ सदस्य ऐंसेलुखर्क गाउँपालिकाका अध्यक्ष श्री विश्वनाथ निरौलाज्यूको अध्यक्षता तथा  व्यवस्थापिका संसदका सदस्य माननीय सांसदज्यूहरु, जिल्ला सभा सदस्य तथा निर्वाचित पदाधिकारीज्यूहरु र सदस्य सचिव तथा स्थानीय विकास अधिकारीज्यूको उपस्थितिमा प्रथम जिल्ला सभा बैठक बसेको थियो।

 

प्रथम जिल्ला सभा बैठक उद्घाटन समारोह तथा प्रथम जिल्ला सभा बैठकका केही झलकहरू:

 

Skip to toolbar