" श्रृजनशील खोटाङको चाहना – समतामूलक, आत्मनिर्भर र समृद्ध समाजको स्थापना "
१९ औँ जिल्ला परिषद खोटाङ
१९ फाल्गुण २०६८
नेपाल सरकार स्थानिय विकास मन्त्रालय, जिल्ला विकास समितिको कार्यालय खोटाङ
Change language to english

जिल्ला परिचय

नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्र्तगत सगरमाथा अञ्चलको पहाडी तीन जिल्ला मध्येको एउटा जिल्ला खोटाङ्ग हो । माझ किराँतको रुपमा परिचित खोटाङ्ग, यातायातको दृष्टीले ज्यादै दुर्गम र पूर्वाधार विकासको दृष्टीले पनि पछि परेको जिल्ला हो । खोटे राजाद्वारा शासित यस क्षेत्रलाई खोटाङ्गकोट भनिन्थ्यो । कालान्तरमा खोटाङ्गकोट शब्दको कोट शब्दांश लोप भई खोटाङ्ग मात्र बाँकी रहन गयो जुन शब्दबाट जिल्लाको नाम रहेको छ । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ ।

लालिगुराँश, चिमाल, र विभिन्न जातका लेकाली धुपी सल्लाले उत्तरी क्षेत्रलाई सोभायमान बनाएको यस जिल्लाको दक्षिणी क्षेत्रतर्फ खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरीपूर्ण रहेको खोटाङ्ग वास्तवमै प्राकृतिक श्रोत, साधन र सौन्दर्यले सुसज्जित रहेको छ । यति मात्र होईन समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेका प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, पत्रे जस्ता अग्ला होचा पहाडी डाँडाहरु रहेको यस जिल्लाको सुनकोशी र रावाले बनाएका बेंसीहरु झनै मूल्यवान छ ।